Kathmandu Press

रेणुले वढाईन अग्रता, एमालेका उम्मेदवार सुवेदीको भन्दा २३३८ मत वढी 

भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मतान्तर वढाएकी छिन् ।
रेणुले वढाईन अग्रता, एमालेका उम्मेदवार सुवेदीको भन्दा २३३८ मत वढी 

काठमाडौं, जेठ ४ : भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मतान्तर वढाएकी छिन् ।

पछिल्लो अपडेट अनुसार रेणुले २३३८ मतको अग्रता बनाएकी हुन् । दाहालले १२२१२ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन्। यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८००६ मत पाएकी छन् । 

प्रकाशित मिति: २२:१६ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्