Kathmandu Press

काठमाडौं महानगरमा बालेन शाहको फराकिलो अग्रता, कसले कति मत पाए? 

मतगणनाको सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार  बालेन ले आफ्नो अग्रता अझ वढाउदै लगेका हुन् ।
काठमाडौं महानगरमा बालेन शाहको फराकिलो अग्रता, कसले कति मत पाए? 

काठमाडौं, जेठ ४ : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार  बालेन ले आफ्नो अग्रता अझ वढाउदै लगेका हुन् ।

पछिल्लो अपडेट अनुसार स्वतन्त्र पदका बालेनले १९ हजार ८१ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापित ९ हजार ८ सय १७ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंह ८ हजार ८ सय ९३ तेस्रो स्थानमा छिन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी मदनदास श्रेष्ठले ८ सय ९ मत पाउँदा स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ सय ६७ मत पाएका छन् । 

यस्तै उप मेयर मेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि मतान्तर वढाउदै लगेकी छिन् । उनले १७ हजार ५ सय २६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार ६ सय २१ मत ल्याएर पच्छ्याइरहेका छन् । 

प्रकाशित मिति: २१:४४ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्