तनहुँको शुक्लागण्डकीमा गठबन्धनबाट पण्डित र विक उम्मेदवार विजयी
काठमाडौं, जेठ ४ : तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले जितेको छ ।नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णराज पण्डित र...
काठमाडौं, जेठ ४ : तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले जितेको छ ।
नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर वि.क विजयी भएका हुन् । एमालेका मुक्तिनाथ तिम्सिनालाई २ हजार ४२३ मतान्तरले हराउँदै पण्डित निर्वाचित भएका हुन् ।
पण्डितले १२ हजार २६३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका तिम्सिनाले ९ हजार ८४० मात्र मत पाए । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर विकले ३०५ को मतान्तरले एमालेकी फूलमाया वाग्लेलाई हराएका हुन् ।
विकले १० हजार २६२ मत प्राप्त गर्दा एमालेकी वाग्लेले ९ हजार ९५७ मत पाइन् ।
प्रकाशित मिति: २०:३८ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











