Kathmandu Press

तिहार निम्त्याउने असन बजार (फोटो फिचर)

काठमाडौं, कात्तिक ८ : आजदेखि यमपञ्चक अर्थात तिहार प्रारम्भ हुँदै छ। काग तिहार भोलि परेपनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज साँझ यमदीपदान सुरू गर्नुप....

तिहार निम्त्याउने असन बजार (फोटो फिचर)
रिवाज राई

काठमाडौं, कात्तिक ८ : आजदेखि यमपञ्चक अर्थात तिहार प्रारम्भ हुँदै छ। काग तिहार भोलि परेपनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज साँझ यमदीपदान सुरू गर्नुपर्ने जनाएको छ।

काठमाडौंको असन बजारले भने एक साता अघिदेखि नै तिहारलाई निम्तो दिइसकेको छ। असन बजारमा तिहारको चलहलपहल सुरू भइसकेको छ। तिहारका लागि आवश्यक सरसामान खरिद गर्नेको घुइचो लाग्न थालेको छ।

स्थानीय व्यापारीले पनि तिहारका लागि आवश्यक सरसामान सजाएर ठिक्क पारिसकेका छन्। सप्तरङ्गी टीका, ओखर, टोपी, भाइमसलालगायत सरसामान चिटिक्क पारेका छन्।

तिहारलाई निम्त्याउने असन बजारका केही तस्बीर :

प्रकाशित मिति: ११:४४ बजे, शुक्रबार, कात्तिक ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्