Kathmandu Press

मालिकामा पाँच दलीय गठबन्धनको ‘क्लिन स्विप’

गुल्मी, जेठ ४ : गुल्मीको मालिका गाउँपालिकामा पाँच दलीय गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ। नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी, समाजवादी सहितका दलहरुले चुनावी गठबन्धन...
मालिकामा पाँच दलीय गठबन्धनको ‘क्लिन स्विप’

गुल्मी, जेठ ४ : गुल्मीको मालिका गाउँपालिकामा पाँच दलीय गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ। नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी, समाजवादी सहितका दलहरुले चुनावी गठबन्धन गरेका थिए। वैशाख ३० मा सम्पन्न निर्वाचनमा गठबन्धनका दलहरुले पूर्ण सफलता पाएसँगै गठबन्धनले ‘क्लिन स्विप’ गरेको हो।

गठबन्धनबाट माओवादी केन्द्रका देविराम अर्याल छ हजार १७६ मतसँगै पालिका अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका रितबहादुर थापाले चार हजार ६१७ मत प्राप्त गरे।अर्यालले थापालाई एक हजार ५५९ मतान्तरले पराजित गरे। थापा पालिकाका निवर्तमान अध्यक्षसमेत हुन।

पालिका उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उपेन्द्र अर्याल छ हजार ३३४ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी एमालेकी रनमाया पुनले चार हजार ६९२ मत प्राप्त गरे। अर्यालले पुनलाई एक हजार ६४२ मतले पराजित गरे।

विसं २०७४ को निर्वाचनमा मालिकामा त्रिपक्षीय निर्वाचन भएको थियो। सो बेला चार हजार ४२ मतसहित एमालेका रितबहादुर अध्यक्षमा विजयी भएका थिए।

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्