निजगढ नगरपालिकामा एमालेका प्रमुख, उपप्रमुख विजयी
बारा, जेठ ४ : बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ। एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी...
बारा, जेठ ४ : बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ। एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गरे।
त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गरे।
प्रकाशित मिति: १९:२७ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











