Kathmandu Press

धरान उपमहानगरपालिकाकाे मतगणनास्थलमा सेना परिचालन

काठमाडाैं, जेठ ४ : सुनसरीको धरान उपमहानगरपालिकामा मतगणनाका क्रममा विवाद बढेपछि सेना परिचालन गरिएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि उपमहानगरपालिकाकाे मतगणनामा...
धरान उपमहानगरपालिकाकाे मतगणनास्थलमा सेना परिचालन

काठमाडाैं, जेठ ४ : सुनसरीको धरान उपमहानगरपालिकामा मतगणनाका क्रममा विवाद बढेपछि सेना परिचालन गरिएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि उपमहानगरपालिकाकाे मतगणनामा विवाद बढेकाे थियाे।

धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको हो। उक्त मतपत्र निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेको हो।

यस्तो मतपत्र भेटिएपछि नेकपा माओवादी केन्द्रका समर्थकहरूले नाराबाजी गर्दै निर्वाचन कार्यालयतर्फ अघि बढेका थिए।

माओवादी केन्द्रका स्थानीय नेताहरूले मतदान अधिकृतले उक्त कार्य जानाजान गरेको आरोप लगाएका छन्।

माओवादी केन्द्रका स्थानीय नेताहरूले एक विज्ञप्ति जारी गर्दै १८ वटा माओवादी केन्द्रलाई भोट हालेका मतपत्र सद्दर हुनुपर्ने माग गरेका छन।

 

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्