सदनमा विरोध नगरे पनि एमालेको आफ्नो एजेन्डा कायमै : पण्डित

काठमाडाैं, जेठ ४ : नेकपा एमालेका नेता लालबाबु पण्डितले सदनमा विरोध नगरे पनि एमालेको आफ्नो एजेन्डा कायमै रहेको बताएका छन्।
बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पण्डितले जनताको अभिव्यक्तिलाई सहज रुपमा प्रवाह गर्ने संसदलाई सहज रुपमा सञ्चालन हुन दिएको तर एजेण्डा नछाडेको बताएका हुन्।
उनले स्थानीय तहको मतपरिणाम र प्रतिनिधिसभामा एमालेले देखाएको भूमिका फरक भएको जिकिर गरे।
गठबन्धनको रवैयालाईलाई सफल हुन नदिन फरक विधि र प्रक्रिया अपनाइने उनले जानकारी दिए। उनले अहिले आएको स्थानीय तहको मतपरिणामलाई दलहरुले मनन गर्ने बेला आएको बताए।
त्यस्तै कांग्रेसका सांसद प्रकाश स्नेहीले बिनाकारण ९ महिना संसद अवरोध गरेको र स्थानीय तहको मतपरिणाम आएपछि पछि हटेको बताए। उनले संसद भंग गर्ने कदमलाई जनताले अस्वीकार गरेको जिकिर गर्नुभयो।
त्यस्तै माओवादी केन्द्रका नेता मातृका यादवले सदन अवरोध खोल्नु आश्चर्यजनक लागेको र यो सकारात्मक भएको बताए। विभिन्न विधेयक अब सहज रुपमा अघि बढ्ने उनको भनाइ छ।











