शिवपुरीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
नुवाकोट, जेठ ४ : नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र...
नुवाकोट, जेठ ४ : नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भएका हुन्।
थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले पराजित गरेका हुन्। थपलियाले चार हजार १८२ तथा उप्रेतीले चार हजार ७३ मत प्राप्त गरे।
उपाध्यक्षमा तामाङले चार हजार ५२० तथा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले चार हजार ५६ मत ल्याए। सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो।
यस्तै वडाध्यक्षतर्फ वडा १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा ४ र ८ मा कांग्रेस तथा वडा ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिए।











