Kathmandu Press

नेपाल टी-२० लिगमा ए ग्रेडका खेलाडीले १५ लाख पाउने

काठमाडाैं, जेठ ४ : नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइच क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा वर्गीकरणमा ए श्रेणीमा...
नेपाल टी-२० लिगमा ए ग्रेडका खेलाडीले १५ लाख पाउने

काठमाडाैं, जेठ ४ : नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइच क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा वर्गीकरणमा ए श्रेणीमा रहेका खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने भएका छन्।

क्यानले बुधबार प्रतियोतिगाको औपचारिक घोषणा गर्दै प्रतियोतिगा खेल्ने खेलाडीले श्रेणी अनुसारको न्यूनतम मूल्य निर्धारण गरेको छ। 

यस्तै, असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थित टियु मैदानमा आयोजना हुने प्रतियोगितामा बी श्रेणीका खेलाडीले १० लाख र सी श्रेणीका खेलाडीले न्यूनतम ५ लाख रुपैयाँ पाउने छन्। 

क्यानले रणनीतिक र कर्मसियल अधिकार भारतीय कम्पिनी सेभेन थ्रि स्पोटर्सलाई ८ वर्षको लागि ३३ करोड रुपैयाँमा बेचेको छ। ६ टिम सहभागी हुने प्रतियोगिता कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुनेछ।

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्