Kathmandu Press

पोखरा महानगरको मतगणना रोक्न माग गर्दै एमालेकाे नाराबाजी

पोखरा, जेठ ४ : पोखरा महानगरपालिकाको मतगणना रोक्न माग गर्दै एमालेले नाराबाजी गरेको छ।आज (बुधबार) अपराह्न एमाले प्रतिनिधिले वडा ७ को एउटा मतपत्र सदर...
पोखरा महानगरको मतगणना रोक्न माग गर्दै एमालेकाे नाराबाजी

पोखरा, जेठ ४ : पोखरा महानगरपालिकाको मतगणना रोक्न माग गर्दै एमालेले नाराबाजी गरेको छ।

आज (बुधबार) अपराह्न एमाले प्रतिनिधिले वडा ७ को एउटा मतपत्र सदर कि बदर भन्ने विषयमा विवाद भएपछि एमालेले पुनः ‘ट्याली’को माग गरेका थिए।

निर्वाचन आयोगले सो माग पूरा नगरेको भन्दै एमाले कार्यकर्ताहरूले मतगणनास्थलभित्रै नाराबाजी गरेका हुन्। 

गठबन्धनले मतगणनामा धाँधली गर्न खोजेको आरोप एमालेले लगाएको छ। मतगणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै एमालेले विरोध जनाएको हो।

एमालेको विरोधका बाबजुद आयोगले गणना जारी राखेको जनाइएको छ।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्