नेपाल टी-२० लिग होम एन्ड अवेका आधारमा हुने
काठमाडाैं, जेठ ४ : नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि–२० लिग होम एन्ड अवेका आधारमा हुने भएको छ। क्यानले बुधबार...
काठमाडाैं, जेठ ४ : नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि–२० लिग होम एन्ड अवेका आधारमा हुने भएको छ। क्यानले बुधबार प्रतियोगिताको औपचारिक घोषणा गर्दै प्रतियोगिता होम एन्ड अवेका आधारमा हुने जनाएको हो ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज टि–२० लिग असोज ८ गतेबाट सुरु हुने छ। करिब एक महिनासम्म चल्ने प्रतियोगिता कात्तिक ५ गतेसम्म चल्ने छ।
टियु क्रिकेट मैदानमा हुन् प्रतियोगितामा ६ टिम सहभागी हुनेछन्। क्यानले यसअघि नै प्रतियोगिता गर्ने बताए पनि बुधबार औपचारिक घोषणा गरेको हो । तर, सहभागी टिम भने छनोट गरिएको छैन।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदारको अधिकार क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएको छ ।
प्रकाशित मिति: १६:३३ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











