धरान उपमहानगरमा रोकियाे मतगणना
धरान, जेठ ४ : धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ।वडा २० को मत परिणाममा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो।मत...
धरान, जेठ ४ : धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ।
वडा २० को मत परिणाममा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो।
मत गणनामा लौरो चिह्न लिएर उठेका धरान मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन्। उनले ८ हजार ४६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किशोर राई ७ हजार ९९६ मत ल्याएर दोस्रो स्थानमा छन् भने
तेस्रो स्थानमा रहेकी एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत ल्याएकी छन्।
प्रकाशित मिति: १६:३० बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











