Kathmandu Press

स्थानीय तहको निर्वाचनमा धाँधली भयाे : महासेठ

स्थानीय तहको निर्वाचनमा धाँधली भयाे : महासेठ

जनकपुरधाम, जेठ ४ : नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले कांग्रेसले नेतृत्व गरेको गठबन्धनले सत्ताको दुरुपयोग गर्दै निर्वाचनमा धाँधली गरेको आरोप लगाएका हुन्।

उनले सिधै जिल्लाबाट परिचालिन कर्मचारी, सुरक्षाकर्मी निष्पक्ष भएपनि स्थानीय तहमा रहेका कर्मचारी तथा प्रहरीले सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे।

महासेठले खसेको मतभन्दा बढि मत भेटिएपनि त्यसलाई मान्यता दिएको आरोप लगाए। मधेसका विभिन्न स्थानीय तहमा कांग्रेसले आक्रमण गरी मतदान रद्द गराएको, मतपेटिका कब्जामा लिई फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मत भन्दा बढी मतपत्र फेला परको समेत उहाको आरोप छ।

उनले गठबन्धन सरकारले अविल्मव यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए। 

 

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्