विराटनगर महानगरमा कोइराला ४ हजार मतान्तरले अगाडि
कोइरालाले १४ हजार ४८६ मत पाउँदा एमालेका सागरकुमार थापाले १० हजार ९३४ मत पाएका छन्।
काठमाडौं, जेठ ४ : मोरङको विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले मतान्तर फराकिलो बनाएका छन् । बुधबार दिउँसोसम्मको मतपरिणाम अनुसार कोइरालाले ४ हजार मतान्तरले अग्रता लिएका छन् ।
उनले १४ हजार ४८६ मत पाउँदा एमालेका सागरकुमार थापाले १० हजार ९३४ मत पाएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ४ हजार ६१२ मत ल्याएका छन्।
उपमेयरतर्फ एमालेकी शिल्पा कार्कीले १२ हजार ४९७ मत ल्याएकी छन् भने जसपाका अमरेन्द्र यादवले ७ हजार ६२४ मत ल्याएका छन् । त्यस्तै राप्रपाकी विन्दाकुमारी लुइटेल आचार्यले ३ हजार ५८१ मत ल्याएकी छन्।
प्रकाशित मिति: १५:०४ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











