Kathmandu Press

बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुबैमा कांग्रेस विजयी

बैतडी, जेठ ४ : बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।  मेयरमा कांग्रेसका दीपकबहादुर बम र...
बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुबैमा कांग्रेस विजयी

बैतडी, जेठ ४ : बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।  मेयरमा कांग्रेसका दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका हुन्। 

बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९६५ मत पाएका छन् । माओवादी केन्द्रका बिक्रम कुवँर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् ।

उपमेयरमा निर्वाचित धानुकले ५ हजार २०० मत ल्याइन् भने उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी जानकी बोहरा साउदले ४ हजार ६१२ मत पाइन् । माओवादी केन्द्रकी नन्दाकुमारी शाहले ३ हजार ९२३ मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पुर्चौडीमा माओवादी केन्द्र विजयी भएको थियो । पुर्चौडीमा माओवादी केन्द्रले वडा नम्बर ५ को वडाध्यक्ष मात्रै जितेको छ ।

प्रकाशित मिति: १४:३९ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्