काभ्रेपलाञ्चोकको खानीखोलामा गठबन्धन निर्वाचित
काभ्रेपलाञ्चोक, जेठ ४ : काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका छन्। अध्यक्ष...
काभ्रेपलाञ्चोक, जेठ ४ : काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका छन्।
अध्यक्ष पदमा विजयी थिङले कुल आठ हजार १४६ मतमा चार हजार ४८५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले तीन हजार १५६ मत प्राप्त गरेक छन्।
त्यस्तै उपाध्यक्ष पदमा जिम्बाले ४ हजार ३२८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङले दुई हजार ९८७ मत प्राप्त गरेका छन्।
मतपरिणामअनुसार वडा १ मा माओवादीका सन्तमान थिङले ५४८ मत ल्याएर विजयी भएको छ भने उनका निकटतम प्रतिस्पर्धी एमालेका आशराम गोलेले ५४७ मत प्राप्त गरेका छन्। वडा २ मा कांग्रेसका दशरथ लामाले ४९८ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर थिङले ४६६ मत प्राप्त गरेका छन्।
वडा ३ मा माओवादी केन्द्रका सागर लामाले ५५० त प्राप्त गरे विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका जयबहादुर लुंगेली मगरले २३९ मत प्राप्त गरेका छन्।
वडा ४ मा माओवादीकै निशान मोक्तानले ४०६ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका क्षेत्रबहादुर वाइबाले ३६४ मत प्राप्त गरेका छन्।
त्यसैगरी वडा ५ मा माओवादीकै बुद्धिबहादुर स्याङ्तानले ५३३ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद तिमल्सिनाले ४२४ मत प्राप्त गरेका छन्। वडा ६ मा कांग्रेसका बृहस्पति घिसिङ ८४१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मानबहादुर गोलेले ६३१ मत प्राप्त गरेको छ भने वडा ७ मा नेकपा एमाले रामबहादुर मुक्तानले ७४१ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका क्षेत्रमान घ्याबाले ७२० मत प्राप्त गरेको छ।
जिल्लामा हालसम्ममा दूई पालिकाको नतिजा सार्वजनिक भएकोमा कोसीपारिस्थित भुम्लु गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ। अन्य पालिकाको मतगणना कार्य जारी रहेकामा धुलिखेल नगरपालिकाको भने विवादका कारण अहिले रोकिएको छ।











