सिन्धुलीको दुधौली मेयरमा माओवादीका दिनेश र उपमेयरमा कांग्रेसका चन्द्रकिशोर विजयी

सिन्धुली, जेठ ४ : सिन्धुलीको दुधौली नगरपालिका मेयर र उपमेयरमा सत्ता गठबन्धनले जित हात पारेको छ।
मेयरमा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार १५ हजार ८ सय ३८ मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६ सय ५२ मत पाएका छन्।
उपमेयरमा कांग्रेसका चन्द्रकिशोर थारु १४ हजार २ सय १३ मत प्राप्त गरेर निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी बालकुमारी अधिकारी दनुवारले १० हजार ६ सय ११ मत पाइन्।
१४ वटा वडा रहेको दुधौलीमा १, ३, ४, ५, ६, ७ र ८ मा कांंग्रेस र २, ९, १० र ११ मा एमालेले जितेको छ। वडा १२, १३, १४ मा माओवादी केन्द्रले जित हासिल गरेको छ।
प्रकाशित मिति: १४:१६ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











