भरतपुरमा १७ सय मतान्तरले रेणु दाहालको अग्रता
दाहालले ९ हजार ९७० मत ल्याउँदा सुवेदीले ८ हजार २५८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ५०४ मतसहित तेस्रो स्थानमा छन्।
काठमाडौं, जेठ ४ : भरतपुर महानगरपालिकाको प्रमुखका लागि गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।
मतगणना सुरु भएयता एमाले उम्मेदवार विजय सुवेदी र दाहालबीच कडा प्रतिस्पर्धा देखिएको थियो । तर बुधबार बिहानबाट भने दाहालले निरन्तर अग्रता लिँदै आएकी छन्। पछिल्लो विवरण अनुसार दाहालले १७ सय मतान्तरले अग्रता लिएकी छन्।
दाहालले ९ हजार ९७० मत ल्याउँदा सुवेदीले ८ हजार २५८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ५०४ मतसहित तेस्रो स्थानमा छन् भने विवेकशील साझाका प्रविन काफ्लेले ७० मत पाएका छन्।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७४० मतसहित अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ६ हजार ६६८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार पवित्रा जोशीले ६५ मत पाएकी छन्।
प्रकाशित मिति: १४:०३ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











