धरानमा चुनाव चिह्न लौरो भएका स्वतन्त्र उमेदवार हर्कराजकाे अग्रता
काठमाडौं, जेठ ४ : सुनसरीको धरान उपमहानगरपालिका मेयरका लागि चुनाव चिह्न लौरो लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उमेदवार हर्कराज राईले अग्रता कायम गरेका छन्।यसअघि...
काठमाडौं, जेठ ४ : सुनसरीको धरान उपमहानगरपालिका मेयरका लागि चुनाव चिह्न लौरो लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उमेदवार हर्कराज राईले अग्रता कायम गरेका छन्।
यसअघि कांग्रेस उम्मेदवार किशोर राईले अग्रता लिइरहेको अवस्थामा उनलाई हर्कराजले उछिनेका हुन्। उनीहरूका बीचमा अहिले ५० मतको अन्तर रहेको छ। हर्कराजले ८ हजार ८६ मत ल्याउँदा किशोरको ८ हजार ९ सय ९६ मत पाएका छन्।
एमालेकी उमेदवार मञ्जु भण्डारी तेस्रो स्थानमा छिन्। उनले ६ हजार ६ सय १० मत ल्याएकी छन्।
प्रकाशित मिति: १४:०२ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











