२०८ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा
कांग्रेसले नगरपालिका उपप्रमुख र गाउँपालिक उपाध्यक्ष गरी १९८ स्थानमा जितेको छ भने ९३ स्थानमा अग्रता लिइरहेको छ।
काठमाडाैं, जेठ ४ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म २०८ पालिकामा विजयी हासिल गर्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। आज अपराह्न १ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी २०८ पालिका जित हासिल गरिसक्दा ११२ पालिकामा अग्रता हासिल गरेको छ।
कांग्रेसले नगरपालिका उपप्रमुख र गाउँपालिक उपाध्यक्ष गरी १९८ स्थानमा जितेको छ भने ९३ स्थानमा अग्रता लिइरहेको छ।
दोस्रो स्थानमा रहेको एमालेले प्रमुख र अध्यक्ष गरी १२९ पालिकामा जित हासिल गरेको छ भने ६५ पालिकामा अग्रस्थान कायम गरेको छ। उपप्रमुख/उपाध्यक्षमा एमाले १३३ स्थानमा विजयी भएको छ भने १०२ अग्रता कायम गरेको छ।
तेस्रो स्थानमा माओवादी केन्द्र रहेका छ। माओवादी केन्द्र ९१ स्थानमा विजयी भएको छ भने २० पालिकामा अग्रस्थानमा छ। हालसम्म माओवादी केन्द्रले उपप्रमुख र उपाध्यक्ष गरी ९८ जितेको छ भने २८ स्थानमा अग्रता कायम गरेको छ।
नेकपा एकीकृत समाजवादीले पनि सात पालिकामा प्रमुख पद जितिसकेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ। १४ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितिसकेको एकीकृत समाजवादीले ६ स्थानमा अग्रता लिइरहेको छ।
जनता समाजवादी पार्टी (जसपा) ले ५ वटा पालिका प्रमुखमा जित हात पार्दा २९ स्थानको मतगणनामा अगाडि बढिरहेको छ। जसपा ले ७ उपप्रमुख/उपाध्यक्ष तिजेको छ भने सोही पदका लागि २३ स्थानमा अग्रता लिइरहेको छ।
अहिलेसम्म पालिका प्रमुख र उपप्रमुख जित्न नसकेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख÷अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष लागि भइरहेको मतगणनामा क्रमशः १० र ११ स्थानमा अग्रता कायम भने गरिरहेको छ।
२५ पालिकाको प्रमुखमा विजय हासिल गरेका स्वतन्त्र उम्मेदवारहरू १२ स्थानमा अगाडि देखिएका छन्। पालिका उपप्रमुखमा पनि ६ स्वतन्त्र उम्मेदवारले जितिसक्दा ८ स्थानमा अग्रता लिइरहेको छ।











