Kathmandu Press

काठमाडौंमा बालेन दोब्बर मतान्तरले अगाडि, सुनिताको मतान्तर तेब्बर 

बालेनले १६ हजार ६४७ पाएका छन् भने एमालेका केशव स्थापितले ८ हजार ६०७ मत ल्याएका छन् ।
काठमाडौंमा बालेन दोब्बर मतान्तरले अगाडि, सुनिताको मतान्तर तेब्बर 

काठमाडौं, जेठ ४ : काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायम राखेका छन् ।

बुधबार मध्याह्नसम्मको मतपरिणाम अनुसार बालेन दोब्बर मतान्तरसहित अगाडि छन् । नेकपा एमालेका केशव स्थापित दोस्रो र कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन्।

बालेनले १६ हजार ६४७ मत पाएका छन् भने एमालेका स्थापितले ८ हजार ६०७ मत ल्याएका छन् । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ७ हजार ७६७ मत पाएकी छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत पाएका छन् ।

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले तेब्बर मतान्तरले अग्रता लिएकी छन् । उनले १५ हजार ६७४ मत पाउँदा  एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत ल्याएकी छन् भने राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ मत पाएकी छन्। 
 

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्