Kathmandu Press

सिन्धुलीको फिक्कलमा एमालेबाट अध्यक्षमा पार्वती र उपाध्यक्षमा राजु निर्वाचित

काठमाडौं, जेठ ४ : सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले बाजी मारेको छ।एमाले उम्मेदवार पार्वती सुनुवार निकटतम प्रतिद्वन्द्वीभन्दा ४५ मत...
सिन्धुलीको फिक्कलमा एमालेबाट अध्यक्षमा पार्वती र उपाध्यक्षमा राजु निर्वाचित

काठमाडौं, जेठ ४ : सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले बाजी मारेको छ।

एमाले उम्मेदवार पार्वती सुनुवार निकटतम प्रतिद्वन्द्वीभन्दा ४५ मत बढी ल्याएर विजयी भइन्। उनले ४ हजार ६२ मत पाइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नृपबहादुर भुजेल ४ हजार १७ मत ल्याए।

उपाध्यक्षमा एमालेकै राजु बराल विजयी भए। बरालले ४ हजार २ सय ५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र कार्कीले ३ हजार ४ सय २६ मत प्राप्त गरे।

सुनुवार यसअघि गाउँपालिका उपाध्यक्ष थिइन् भने बराल वडा ५ का अध्यक्ष थिए। नौवटा पालिका रहेको सिन्धुलीमा एमालेबाट प्रमुख पदमा उम्मेदवारी पाउने सुनुवार एक्ली महिला हुन्। 

फिक्कलका ६ वटा वडामध्ये चारवटा (२, ३, ५ र ६) मा एमालेले विजयको झन्डा फहराएको छ। वडा २ मा शंकर भण्डारी, ३ मा टेकबहादुर मगर, ५ मा बैकुण्ठ पहाडी र ६ मा कुलेन्द्र राना वडाध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै गठबन्धनले दुईवटा वडामा जित हासिल गरेको छ। वडा १ मा होम बहादुर सुनुवार र ४ मा मोहन सिजाली वडाध्यक्षमा विजयी भएका छन्। 

 

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्