Kathmandu Press

धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा दनै, उपाध्यक्षमा अर्याल 

मतगणनाको अन्तिम परिणामअनुसार दनै  ८ हजार ३४ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। 
धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा दनै, उपाध्यक्षमा अर्याल 

धादिङ, जेठ ४ : धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार यामनाथ दनै निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार दनै  ८ हजार ३४ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिराम लोहनीले ५ हजार ४९९ मत पाए । त्यस्तै राप्रपाका टंकबहादुर अधिकारीले ७३ मत पाए । 

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धर्म अर्याल निर्वाचित भएका छन् । उनले ६ हजार ४४५ मत ल्याएर विजय हासिल गर्दा एमालेकी चन्द्रकुमारी अधिकारीले ४ हजार ७७१ मत ल्याइन्।

त्यस्तै नेकपा माओवादी केन्द्रकी लक्ष्मी थापामगरले १ हजार ३३४ मत ल्याइन् भने सोविता राना मगरले ७७ मत प्राप्त गरिन्। 

गठबन्धनको निर्णयअनुसार ज्वालामुखीको अध्यक्ष कांग्रेसले पाएको थियो भने एकीकृत समाजवादीलाई उपाध्यक्ष दिइएको थियो । तर, माओवादी केन्द्रकी लक्ष्मी थापा मगरले उम्मेदवारी दिएकी थिइन्। 

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्