Kathmandu Press

लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

ओखलढुंगा, जेठ ४ : ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी भएका छन्।नेकपा एमालेका उम्मेदवार मिलन विष्टलाई २ सय ८४ मतान्तरले...
लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

ओखलढुंगा, जेठ ४ : ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार मिलन विष्टलाई २ सय ८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी भएका हुन्। 

कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार ४९२ मत प्राप्त गर्नुभयो। उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी भएकी छन्।

नेपाली कांग्रेसकी उम्मेदवार प्रेमकुमारी दाहाललाई १ हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन्। थापाले ४ हजार ११६ मत ल्याउँदा दाहालले ३ हजार ८३ मत ल्याए।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकीन्द्रराज कटवालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मङ्गोलनेसनल अर्गनाइजेसनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०/१० मत ल्याएका छन्।

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्