बागलुङको जैमिनीमा जनमोर्चाका पुन र उपप्रमुखमा कांग्रेसका शर्मा विजयी

बागलुङ, जेठ ४ : बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा सत्तारुढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भएका छन् । पुनले आठ हजार ७५५ मत प्राप्त गरेका छन् । नगरप्रमुखका उम्मेदवार नेकपा (एमाले)का लीला रानाले दुई हजार ८७३ मत प्राप्त गरिन्। पुनले रानालाई पाँच हजार ८८२ मतको फराकिलो अन्तरले पराजित गरे।
नगरउपप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हरिहर शर्माले विजयी भएका छन् । शर्माले नौ हजार १७३ मत प्राप्त गर्दा एमलेका उषा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरेकी छन्। नगरपालिकाको वडा नं १ को अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद आचार्य, २ मा ले एक हजार २०४, २ मा प्रेम सापकोटा विजयी भए ।
वडा नं ३ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर भुजेल, वडा नं ४ मा नेकपा (एकीकृत समाजवादी)का चक्रबहादुर थापा, ५ मा कांग्रेसका ठगबहादुर क्षेत्री, वडा नं ६ मा माओवादी केन्द्रका कृष्ण थापा, वडा नं ७ मा कांग्रेसका केन्द्र रसाइली, वडा नं ८ मा विमल श्रीष, वडा नं ९ मा एमालेका सन्दीप थापा र वडा नं १० मा राष्ट्रिय जनमोर्चाका श्रीप्रसाद थापा विजयी भए।











