Kathmandu Press

अर्जुनचौपारीको प्रमुखमा तिवारी र उपप्रमुखमा गुरुङ विजयी

अर्जुनचौपारीको प्रमुखमा तिवारी र उपप्रमुखमा गुरुङ विजयी

स्याङ्जा, जेठ ४ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा विजयी भएका तिवारीले नेकपा (एमाले)का चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेका निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए।

तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए । त्यस्तै उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गरेकी हुन्। गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गरे।

छवटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको १, २, ३, ४, ५ नं वडामा कांग्रेस,  वडा नं ६ मा एमाले विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए। कूल १३ हजार ८६७ मतदाता रहेको अर्जुनचौपारीमा ६५.८१ प्रतिशत मत खसेको थियो । पुरुष चार हजार १९८ र चार हजार ९२८ महिला गरी कूल नौ हजार १२६ मत खसेको थियो। 

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्