काठमाडौंको मतगणना चल्दै गर्दा बालेन ललितपुरको मतगणनास्थलमा
काठमाडौं, जेठ ४ : काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मतगणनास्थल पुगेका छन् । काठमाडौ महानगरपालिकामा मतगणना चल्दै गर्दा उनी...
काठमाडौं, जेठ ४ : काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मतगणनास्थल पुगेका छन् । काठमाडौ महानगरपालिकामा मतगणना चल्दै गर्दा उनी भने प्रतिनिधि बनेर ललितपुर महानगरपालिकाको मतगणनास्थलमा पुगेका हुन्।
बालेन केहीबेरअघि ललितपुर महानगरपालिका–१० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पुगेका हुन्।
उनी मतगणनामा सहभागी हुनेछन् । व्यञ्जनकारलाई बालेन आफ्नो राजनीतिक गुरु मान्छन् । व्यञ्जनकारका छोरा बेन बालेनका निकटतम सहयोगी हुन्।
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार रहेका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई दोब्बर मतान्तरले पछि पारेका छन्।
प्रकाशित मिति: ११:५५ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











