चाँगुनारायणको मेयरमा कांग्रेसका खत्री, उपमेयरमा एमालेका बुढाथोकी
काठमाडौं, जेठ ४ : चाँगुनारायण नगरपालिकाको मेयरमा काँग्रेसका जीवन खत्री निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्री ९ हजार ५५० मतसहित नगरपालिकाको...
काठमाडौं, जेठ ४ : चाँगुनारायण नगरपालिकाको मेयरमा काँग्रेसका जीवन खत्री निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्री ९ हजार ५५० मतसहित नगरपालिकाको मेयर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी बिना बास्तोलाले ९ हजार ८६ मत पाइन्। बास्तोला निवर्तमान उपमेयर हुन्।
यता, उपप्रमुखतर्फ नेकपा एमालेका रमेश बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले ११ हजार १०० मत प्राप्त गरेका थिए भने, काँग्रसबाट उप( मेयर पदका लागि उम्मेदवारी दिएकी सुभद्रा काफ्लेले आठ हजार नौ सय ३२ ल्याएकी छन् ।
प्रकाशित मिति: ११:३१ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











