Kathmandu Press

‘आहै तिहारै आयो, देउसीरे ...’

काठमाडौं, कात्तिक ७ : भुइँमा राखिएको नाङ्लोमा वरिपरि सेलरोटी, दक्षिणा, फलफूल, अन्न, सयपत्रि फूलको माला र बीचमा  बलेको दियो।

अनि सु....

‘आहै तिहारै आयो, देउसीरे ...’

काठमाडौं, कात्तिक ७ : भुइँमा राखिएको नाङ्लोमा वरिपरि सेलरोटी, दक्षिणा, फलफूल, अन्न, सयपत्रि फूलको माला र बीचमा  बलेको दियो।

अनि सुरु हुन्छ, ‘तिहारै आयो लौ झिलिमिली.....।’ वरपर ढाकिने गरी देउसीभैलो खेलिरहेका  र नाचिरहेको समूहले सबैलाई मन्त्रमुग्ध बनाउँछन्।

Hardik ivf

देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो–भोजपुरे समाजले। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हराउँदै गएको देउसीभैलोको रौनक देख्न पाइन्थ्यो।

तिहारको पूर्वसन्ध्यामा गीतसंगीतको रमाइलो माहोलले भोजपुरको कला, संस्कृतिको परिचय गराउनुका साथै भोजपुरका वर्ता गन्धर्व, कृष्ण समीर सुवेदी, शिवबहादुर देवकोटा, लीला राई, भीषण मुकारुङ लगायतले पूर्वेली भाका पस्केर कार्यक्रमको थप रौनकता थपेका थिए। 

‘कात्तिके ग्रह र दान दक्षिणा’ दिने चलनलाई समेत प्रस्तुतिमा देखाइएको थियो। देउसीभैलोमा अरुण उपत्यकाको संस्कृतिदेखि मारुनी नाचँमा समेत देउसीभैलोको झलक पाइन्छ। अरुण उपत्यकाकै ‘सिमल बारुलै.....’ बोलको देउसीभैलो गीतले पूर्वेली संस्कृतिको मौलिकता बोकेको कार्यक्रमका संयोजक शशी लुमुम्बुले बताए।

कार्यक्रममा सहभागी भएका प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले नेपाली चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भावमा योगदान पुर्‍याउने बताए।  

पूर्वेली भाकामा गायिका लीला राईले ‘ भेटमै भयो सोल्टीज्यू....’ र सारङ्गीको धुन बजाउँदै गायिका वर्ता गन्धर्वको ‘भोजपुरे डबली....’ को बेजोड प्रस्तुतिले सबैको ध्यान तानेको थियो। कार्यक्रममा कलाकार राजा राजेन्द्र पोखरेलको ‘क्यारिकेचर’ ले छुट्टै मिठास थपेको थियो।

प्रकाशित मिति: १९:४२ बजे, बिहीबार, कात्तिक ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्