जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी
जुम्ला, जेठ ४ : जुम्लाको तिला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक...
जुम्ला, जेठ ४ : जुम्लाको तिला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी भएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढाले दुई हजार चार मतका साथ विजयी हुँदा कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याएका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको थियो ।
एमालेका रेशम शाहीले एक हजार ७५२ मत प्राप्त गर्नुभएको छ।
प्रकाशित मिति: ११:२९ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











