Kathmandu Press

तानसेन नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी, उपप्रमुखमा माअ‍ोवादी 

तानसेन, जेठ ४ : पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त...
तानसेन नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी, उपप्रमुखमा माअ‍ोवादी 

तानसेन, जेठ ४ : पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। 

श्रेष्ठका प्रतिस्पर्धी नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का प्रतीक्षा सिंजाली ११ हजार १५१ मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेका शशि श्रेष्ठले १० हजार ३७२ मत पाए। 

कूल १४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा एमाले विजयी भएको छ भने वडा नं १३ मा माओवादी केन्द्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुख निर्वाचित भएका थिए । कूल ३३ हजार ७६९ मतदाता रहेको तानसेनमा २३ हजार २५३ मत खसेको थियो। 

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्