Kathmandu Press

झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा राप्रपा निर्वाचित

झापा, जेठ ४ : झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रविन्द्र लिङ्देन पुनः निर्वाचित भएका छन् । उनले एमालेका डम्बर गिरीलाई एक...
झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा राप्रपा निर्वाचित

झापा, जेठ ४ : झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रविन्द्र लिङ्देन पुनः निर्वाचित भएका छन् । उनले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्दै विजयी बनेका हुन्। 

उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याएका छन् । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष छन्।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गरेका छन्। 

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएकी छन् । मैनालीले पाँच हजार ७८ मत ल्याएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याइन्। माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याए । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ। 

प्रकाशित मिति: १०:४७ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्