Kathmandu Press

वीरगञ्जमा २३ हजार मत गणना हुँदा एमालेका सरावगी ६ हजार मतान्तरले पछाडि 

पछिल्लो परिणामअनुसार सिंहले ११ हजार ९९५ मत पाउँदा निवर्तमान मेयर समेत रहेका सरावगीले म५ हजार ६३५ मत पाएका छन्। त्यस्तै राप्रपाका गिरीश गिरीले ४५९ मत पाए। 
वीरगञ्जमा २३ हजार मत गणना हुँदा एमालेका सरावगी ६ हजार मतान्तरले पछाडि 

काठमाडौं, जेठ ४ : वीरगञ्ज महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार विजय सरावगी फराकिलो मतान्तरले पछि परेका छन् । बुधबार बिहानसम्म १० वडाका २३ हजार २२९ मत गणना सकिँदा सरावगी ६ हजार बढी मतले पछि परेका हुन्। 

यहाँ गठबन्धनबाट जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहले अग्रता लिइरहेका छन् । पछिल्लो परिणामअनुसार सिंहले ११ हजार ९९५ मत पाउँदा निवर्तमान मेयर समेत रहेका सरावगीले म५ हजार ६३५ मत पाएका छन्। त्यस्तै राप्रपाका गिरीश गिरीले ४५९ मत पाए। 

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियार आलमले ८ हजार ४२२ मतसहित अग्रता कायम राखेका छन् ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले १ हजार ४०७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ९७१ र राप्रपाकी विना जयसवालले ७६० मत पाएका छन् ।

हालसम्म वडा नं १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ ।

प्रकाशित मिति: १०:३७ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्