Kathmandu Press

रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपमेयर दुबैमा समाजवादी विजयी 

बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार नगरपालिकाको मेयरमा समाजवादीकाा भिखारी यादव र उपमेयरमा राजकुमारी देवी विजयी भएका हुन्। 
रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपमेयर दुबैमा समाजवादी विजयी 

काठमाडौं, जेठ ४ : रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार नगरपालिकाको मेयरमा समाजवादीकाा भिखारी यादव र उपमेयरमा राजकुमारी देवी विजयी भएका हुन्। 

मेयर निर्वाचित भएका यादवले कांग्रेसका धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मतले पराजित गरेका हुन्। यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने सिंहले ३ हजार ७०७ मत प्राप्त गरे।

यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी अर्चना कुमारी यादवे ३ हजार १४९ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति: १०:१४ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्