गुलरियाको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित
बर्दिया, जेठ ४ : बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।गुलरियाको मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सवित्रा गौतम...
बर्दिया, जेठ ४ : बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
गुलरियाको मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सवित्रा गौतम निर्वाचित भएका हुन्। मेयरमा निर्वाचित गौतमले सात हजार ९८९ मत पाए। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का अमरबहादुर खड्काले सात हजार ८११ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा गौतमले आठ हजार २०७ मत पाइन्। उनकी प्रतिस्पर्धी एमालेकी टीकाकुमारी समसेली मगरले सात हजार ४६२ मत पाइन्। तेस्रो नम्बरमा रहेकी नेकपा (माओवादी केन्द्र) की इन्दिरा सुवेदीले तीन हजार ९३९ मत पाइन्।
प्रकाशित मिति: ०८:०३ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











