Kathmandu Press

धनगढीमा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि

काठमाडौं, जेठ ४ : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि छन्।आज बिहानसम्म धनगढीमा २३ हजार २२३ मत गणना भएका...
धनगढीमा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि

काठमाडौं, जेठ ४ : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि छन्।

आज बिहानसम्म धनगढीमा २३ हजार २२३ मत गणना भएका छन्। मेयरमा हमालले १० हजार ८२५ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का उम्मेदवार रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले चार हजार ६८८ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी कन्दकला रानाले चार हजार २४६ मत पाएकी छन्।

 

प्रकाशित मिति: ०७:३६ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्