मध्यपुरथिमिको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी
भक्तपुर, जेठ ४ : मध्यपुरथिमि नगरपालिकाको मेयरमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन्।उनी नेकपा (एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३...
भक्तपुर, जेठ ४ : मध्यपुरथिमि नगरपालिकाको मेयरमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन्।
उनी नेकपा (एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्। उनले १५ हजार ९८ मत पाए।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत पाए। एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर मेयर बनेका थिए।
त्यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले आठ हजार ९६३ मत पाए।
प्रकाशित मिति: ०७:१५ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











