Kathmandu Press

कनकाईको मेयरमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित

विर्तामोड, जेठ ४ : झापाको कनकाई नगरपालिका मेयरमा पुनः नेकपा (एमाले) का तर्फबाट राजेन्द्र पोखरेल र उपमेयरमा नेपाली कांग्रेसकी आशा शिवाकोटी निर्वाचित भएका...
कनकाईको मेयरमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित

विर्तामोड, जेठ ४ : झापाको कनकाई नगरपालिका मेयरमा पुनः नेकपा (एमाले) का तर्फबाट राजेन्द्र पोखरेल र उपमेयरमा नेपाली कांग्रेसकी आशा शिवाकोटी निर्वाचित भएका छन्।

एमालेका पोखरेल २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पनि मेयर निर्वाचित भएका थिए। उनले आठ हजार ६७३ मत पाएका छन्।

उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत पाए। स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत पाए।

यसैगरी उपमेयरमा कांग्रेसकी शिवाकोटीले १० हजार ७१३ मत पाइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँले आठ हजार ८७५ मत पाइन्।

प्रकाशित मिति: ०६:४८ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्