Kathmandu Press

काठमाडौंमा बालेन साहको १५ हजार ८०३ मत

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर फराकिलो पार्दै लगेका छन्।
काठमाडौंमा बालेन साहको १५ हजार ८०३ मत

काठमाडौं, जेठ ४ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर फराकिलो पार्दै लगेका छन्।

आज बिहानसम्म भएका मतगणनामा साहलले १५ हजार ८०३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले आठ हजार ८० मत पाएका छन्।

त्यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह सात हजार १९२ मत पाएकी छन्।

उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलले नौ हजार ४२१ मत पाएकी छन्। प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ६६४ मत पाएका छन्।

 

प्रकाशित मिति: ०६:४२ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्