भरतपुरमा रेणु दाहाल ११ सय मतले अगाडि
भरतपुर महानगरपालिकाको मेयर नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
काठमाडौं, जेठ ४ : भरतपुर महानगरपालिकाको मेयर नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
आज बिहानसम्म २५ हजार ३५८ मत गणना भइको छ। मेयरमा दाहालले ९ हजार ११ पाएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले सात हजार ८९२ पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ११२ पाएका छन्।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मत पाएका छन्। प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरूङले ६ हजार ४५४ मत पाएकी छन्।
प्रकाशित मिति: ०६:३० बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











