काठमाडौंमा राप्रपाले बनायो नयाँ इतिहास, शंखरापुरमा रमेश नापित प्रमुखमा विजयी
काठमाडौं, जेठ ३ : काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा राप्रपाका रमेश नापित विजयी भएका छन् । प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठलाई ४९८ मतको अन्तरले...
काठमाडौं, जेठ ३ : काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा राप्रपाका रमेश नापित विजयी भएका छन् ।
प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गर्दै काठमाडौंमा राप्रपाको नयाँ इतिहास रचेको हो । नापितले ४७०० मत ल्याउँदा समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याएका छन्।
०६२–६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो । खरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णुकुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानलसहित जितेका हुन् ।
प्रकाशित मिति: २२:५७ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











