बालेनले ११६४२ मत पाउँदा स्थापितको ५१७५, उपमेयरमा तेब्बर वढी मतले सुनिताको अग्रता
महानगरको वडा ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ मा मतगणना जारी रहँदा बालेनले एमाले उम्मेदवार केशव स्थापितलाई ५ हजार १ सय ७५ मतान्तरले पछि पार्दै अग्रता लिएका हुन्।
काठमाडौं, जेठ ३ : काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) साहले अग्रता कायमै राखेका छन् ।
महानगरको वडा ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ मा मतगणना जारी रहँदा बालेनले एमाले उम्मेदवार केशव स्थापितलाई ५ हजार १ सय ७५ मतान्तरले पछि पार्दै अग्रता लिएका हुन्।
पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार ६ सय ४२ पाएका छन् भने एमालेका स्थापितले ६ हजार ४ सय ६७ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ६ सय ४२ मत ल्याएकी छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले १ हजार ५२ मत ल्याएका छन् ।
उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले पनि फराकिलो मतान्तरले अग्रता कायम गरेकी छन् । उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठलाई तेब्बर मतान्तरले पछि पार्दै अग्रता लिएकी छन्।
डंगोलले १२ हजार ६१मत पाउँदा श्रेष्ठले ३ हजार ६ सय ६३ मत ल्याएका छन् ।











