Kathmandu Press

बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ : बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै कांग्रेसका प्रमुख...
बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ : बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार जमानसिं केसी सात हजार ६९८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारुले छ हजार ६२० मत प्राप्त गरे । उपप्रमुखमा  कांग्रेसका लक्ष्मीकुमारी चौधरी सात हजार १५३ मत प्राप्त गरी विजयी भईन् ।

उनका निकटतम माओवादी केन्द्रका लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गरे । 

प्रकाशित मिति: २१:५८ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्