Kathmandu Press

सार्वजनिक सवारीको भाडा वढ्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौं, जेठ ३ : सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको हो ।वैज्ञानिक भाडा...
सार्वजनिक सवारीको भाडा वढ्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौं, जेठ ३ : सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।  

अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ। पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो।

नेपाल आयत निगमले गत शनिबार इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएसँगै भाडा समायोजन भएको हो। समायोजन भएको भाडा बुधबारदेखि लागू हुने विभागले बताएको छ।

प्रकाशित मिति: २१:३५ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्