राप्तीको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा एमाले विजयी
काठमाडौं, जेठ ३ : लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।माओवादी केन्द्रका प्रकाश विष्टले प्रतिस्पर्धी नेकपा...
काठमाडौं, जेठ ३ : लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।
माओवादी केन्द्रका प्रकाश विष्टले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगतप्रसाद पोखरेललाई एक हजार १९८ मत अन्तरले पराजित गरेका हुन् । विष्टले ६ हजार ६९८ मत प्राप्त गरेका थिए भने पोखरेलले पाँच हजार ७०० मत प्राप्त गरेका थिए ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी चौधरीले चार हजार ११९ मत प्राप्त गरेका छन् । चौधरी यसअघि गाउँपालिका उपाध्यक्ष हुन् । राप्तीमा माओवादी केन्द्र र जनमोर्चाबीच गठबन्धन भएर चुनावमा होमिएको थियो । उपाध्यक्ष जनमोर्चाको भागमा थियो तर जीत एमालेकी उम्मेदवार कमलापती चौधरीले निकालिन् ।
उनले ६ हजार ६७४ मत पाएर विजयी भएकी हुन् भने नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले पाँच हजार ४९६ मत पाएका थिए । त्यस्तै जनमोर्चाका उम्मेदवार केशवराज खनालले चार हजार ४६४ मत प्राप्त गरेका थिए ।
यसअघि यो पालिकामा कांग्रेसले विजयी हासिल गरेको थियो ।











