भरतपुरमा विजयभन्दा ३३७ मतले रेणुको अग्रता
हालसम्म गणना सकिएको २१६५२ मतमध्ये पछिल्लो मतगणनाअनुसार मेयरमा माओवादीका रेणु दाहाल अग्र स्थानमै छन् । उनले ७३९४ मत प्राप्त गरेकी छन् ।
काठमाडौं, जेठ ३ : भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।
हालसम्म गणना सकिएको २१६५२ मतमध्ये पछिल्लो मतगणनाअनुसार मेयरमा माओवादीका रेणु दाहाल अग्र स्थानमै छन् । उनले ७३९४ मत प्राप्त गरेकी छन् ।
उनलाई एमालेका विजय सुवेदीले ७०५७ मत ल्याएका छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेल ३५८९ मत ल्याएर तेस्रोमा छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ८९५६ मतका साथ अग्र स्थानमा छन् । दोस्रोमा राप्रपाका हिमला गुरुङ छिन् । उनले ५८३० मत ल्याएकी छन् ।
प्रकाशित मिति: २१:०१ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार