Kathmandu Press

मोरङको विराटनगर र सुन्दरहरैचामा प्रमुखमा नेपाली कांग्रेसको अग्रता

विराटनगर, जेठ ३ : सम्पत्र स्थानीय तहको निर्वाचनमा मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले नौ हजार ८८२ मत प्राप्त गरी...
मोरङको विराटनगर र सुन्दरहरैचामा प्रमुखमा नेपाली कांग्रेसको अग्रता

विराटनगर, जेठ ३ : सम्पत्र स्थानीय तहको निर्वाचनमा मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले नौ हजार ८८२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेको छ। सोही पदमा नेकपा (एमाले)का सागर थापाले सात हजार ६३० मत र स्वतन्त्र उम्मेदवार उमेश यादवले तीन हजार २३७ मत प्राप्त गरेका छन्।
    
यसैगरी, उपप्रमुख पदमा एमालेकी शिल्पा कार्कीले आठ हजार ६९० मत प्राप्त गरी आफ्ना अग्रता कायम राखेकी छन् भने गठबन्धनका जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले पाँच हजार ४०६, राप्रपाका विन्दाकुमारी लुइँटेल दुई हजार ५२७ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले एक हजार ८९१ मत प्राप्त गरेका छन।

यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिकामा नेपाली कांग्रेसका शिवप्रसाद ढकालले एक हजार ६८५ मत प्राप्त गरी अग्रता कायम गरेका छन। सोही पदमा एमालेका केदारप्रसाद गुरागाइँ एक हजार २७० मत प्राप्त गरेका छन। साथै उपप्रमुखमा एमालेका अकली चौधरीले एक हजार ५४३ मत र माओवादी केन्द्रका नवराज चापागाइँ ७१३ मत प्राप्त गरी पछ्याई रहेका छन।

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्