Kathmandu Press

अर्जुनचौपारीको अध्यक्षमा कांग्रेस युवा नेता तिवारी विजयी, उपाध्यक्षसहित वडामा पनि कांग्रेसकै वर्चस्व 

काठमाडौं, जेठ ३ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी विजयी भएका छन् ।तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १...
अर्जुनचौपारीको अध्यक्षमा कांग्रेस युवा नेता तिवारी विजयी, उपाध्यक्षसहित वडामा पनि कांग्रेसकै वर्चस्व 

काठमाडौं, जेठ ३ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी विजयी भएका छन् ।

तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै विजय भएका हुन् । तिवारीले ५ हजार २ सय ९१ मत ल्याउँदा गुरुङले ३ हजार ३ सय ४७ मत सिमित रहिन् । 

छोटो समयमै राजनीतिमा उदाएका तिवारीले गत कांग्रेसको जिल्ला अधिवेशनमा स्याङ्जा जिल्ला क्षेत्र नं १ प्रदेश सभा (ख) को सभापतिमा निर्वाचित भएका थिए । 

यस्तै, १ हजार ६० मतको मतान्तरले उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका टंकप्रसाद खनाललाई पछाडि पार्दै विजेता बनेकी हुन् ।

गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा खनालले ३ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । यसैगरी ६ वटा वडा रहेको यस गाउँपालिकामा वडामा पनि कांग्रेसकै वर्चस्व रहेको छ ।

जसअनुसार अर्जुनचौपारी १ मा कांग्रेसका रणबहादुर थापा, २ मा कांग्रेसका धनबहादुर गुरुङ, ३ मा कांग्रेसका शोभाकान्त काफ्ले, ४ मा कांग्रेसका भुवनसिंह गुरुङ, ५ मा कांग्रेसकै बद्रीप्रसाद पौडेल र ६ मा एमालेका नारायणप्रसाद ढकाल निर्वाचित भए । 

प्रकाशित मिति: २०:५१ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्