रामेछाप नगरपालिकामा कांग्रेस विजयी

काठमाडाैं, जेठ ३ : रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ। कांग्रेसका लवश्री न्यौपाने ६ हजार ६३९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनले ५ हजार १८६ मत प्राप्त गरे। नेकपा माओवादी केन्द्रका नरेशबाबु श्रेष्ठले २ हजार ५९८ मत ल्याए।
रामेछापको उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार बालकुमारी कार्की थापा निर्वाचित भएकी छन्। उनले ६ हजार ६४० मत ल्याउँदै एमालेकी उम्मेदवार सीताकुमारी खत्रीलाई पराजित गरिन्।
प्रकाशित मिति: २०:२७ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











